स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत मतदान हुन एक दिन अगाडि आज रुकुममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका–२ मा भएको झडपमा करिव ३ जना घाइते भएका जनाइएको छ । प्रहरीले झडपलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मौन समयमा फेसबुकमार्फत चुनावको प्रचार प्रसार गरेको विषयमा विवाद हुँदा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको जनाइएको छ ।

रुकुममा यसअघि पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदै आएको थियो ।