मोरङ - लामो समयदेखि अमेरिकामा बस्दै आएका विराटनगरका एक व्यक्तिको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको छ ।
विराटनगर महानगरपालिका घर भइ विगत २० वर्षदेखि अमेरिकामा बस्दै आएका ती व्यक्तिको कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गएको हो । तीन हप्ताअगाडि सामान्य बिरामी भएका उहाँ एक हप्ता अगाडि कोलोराडोमा राज्यमा रहेको पब्लिक अस्पतालमा उपचारको लागि भर्ना हुनुभएको थियो ।
उहाँको उपचारको क्रममा ज्यान गएको उहाँका परिवारका सदस्य ले जानकारी दिएका हुन् । उज्यालो अनलाइन बाट










