काठमाडौ। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । पौडेलले तनहुँको  सत्यवत्ति केन्द्रबाट आइतबार बिहान ७ बजे मतदान गरेका हुन् । मतदानका लागि पौडेल सपरिवार शनिवार नै त्यसतर्फ गएका थिए।

तनहुँ नेपाली काँग्रेसको गढको रुपमा परिचित छ। संविधानसभाको चुनावमा तनहुँका ३ वटै निर्वाचन क्षेत्र काँग्रेसले जितेको थियो। स्थानिय चुनाव पनि काँग्रेसको वलियो पकड हुने पौडेलले प्रतिक्रिया दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२० बर्षपछि हुन लागेको स्थानिय तहको चुनावले सिंहदरवारको धेरै अधिकार गाउँतहसम्म आउने भएकोले यो चुनावले स्थानिय तहलाई र नागरिकलाई सशक्त बनाउने पौडेलले प्रतिक्रिया दिए। उनले सबै मतदातालाई आफ्नो अधिकार उपयोग गर्न पनि आग्रह गरेका छन्।