काठमाडौं, १८ वैशाख । नेकपा सचिवालयका बहुमत सदस्यले बुधबारको बैठकमा प्रधानमन्त्रीलाई र्‍याखर्‍याख्ती पार्ने धेरैको आकलन थियो। तर, प्रधानमन्त्री केपी ओलीले उल्टै उनीहरूलाई अप्ठ्यारोमा पारिदिए– नयाँ राजनीतिक जाल फालेर।कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लामो भूमिका बाँध्दै ओलीलाई भने, ‘तपाईंले पार्टी र सरकार दुवै स्वेच्छाचारी ढंगले चलाउनुभयो। अब दुवै पदबाट राजीनामा दिनुहोस्।’‘ल ठीकै छ’, प्रधानमन्त्रीको जवाफ थियो, ‘म कोरोना संकट टरेपछि प्रधानमन्त्री छाड्छु।

संविधान संशोधन गरेरै बरु उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाऔं। अनि, पार्टीको विधान संशोधन गरेर वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाऔं।’त्यसपछि गृहमन्त्री रामबहादुर थापा आवेशमा आए। ‘तपाईंहरू दुवै अध्यक्षका कुरा असान्दर्भिक र निरर्थक छन्। पार्टी फुटाउन देशभित्र र बाहिर विभिन्न शक्तिको चलखेल बढिरहेका बेला तपाईंहरू अनावश्यक लफडामा फसिरहनुभएको छ’, उनले भने।

नेकपा सचिवालय बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको थियो। राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रकरणपछि पार्टीभित्र ओलीले पार्टी र सरकार दुवै मोर्चामा नेतृत्व दिन असफल भएको आवाज उठेको थियो। त्यसलाई बैठकमा अध्यक्ष दाहालले व्यक्त गरेका थिए।अध्यक्ष दाहालले गरेको प्रधानमन्त्रीको राजीनामा मागमा वरिष्ठ नेता नेपालले पनि थपेका थिए। सचिवालयका एक सदस्यका अनुसार प्रत्युत्तरमा प्रधानमन्त्रीले भने, ‘कोरोनाको संकटसँग जुधिरहेका बेला सरकारको नेतृत्व गरिरहेको व्यक्तिले राजीनामा दिन सक्दैन। राजीनामा दिनै पर्ने अवस्था आए कोरोनापछि दिउँला।’

प्रधानमन्त्रीको भनाइ थियो, ‘अहिले तपाईहरूले मागेजस्तो म न प्रधानमन्त्रीबाट राजीनामा दिन्छु, न अध्यक्षबाट नै। बरु अध्यक्ष दिएरै समस्या समाधान खोज्ने हो भने पार्टीमा तीन अध्यक्ष बनाऔं, माधवजीलाई तेस्रो अध्यक्ष बनाऔं।’

प्रधानमन्त्रीमा वामदेवको प्रस्ताव राख्दै प्रधानमन्त्रीले भने, ‘वामदेवजीले प्रधानमन्त्री हुन गरिरहेको रहर पनि पूरा हुने गरी कोरोनापछि बरु उहाँलाई प्रधानमन्त्री बनाएर जान म तयार छु। मैले प्रधानमन्त्री पद छाड्नै पर्ने भए नयाँलाई अवसर दिऔं। त्यो उपयुक्त व्यक्ति वामदेव हुनुहुन्छ। साथीहरू प्रधानमन्त्री भइसक्नुभएको छ। कोही एकपटक, हामी दुई जना त दुईपटकसम्म पनि भइसकेका छौं। नयाँलाई नै किन अवसर नदिने ? दिऔं, म तयार छु’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘वामदेवजीलाई अवसर दिऔं। कुनै क्षेत्र खाली गरौं। उहाँलाई उठाऔं। जिताएर ल्याऔं र प्रधानमन्त्री बनाऔं।’दाहाल र नेपालले भने अध्यादेश प्रकरण, त्यसपछि सांसद अपहरणसम्मका काण्डले पार्टी र सरकारलाई बदनाम गरिरहेकाले यसबाट पार्टी, सरकार र नेतृत्वलाई जोगाउन प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने जिकिर गरेका थिए। वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि विवाद आएपछि नेतृत्वले गम्भीर भएर विकल्प दिन सक्नुपर्ने र पार्टीको जनमत जोगाउनुपर्ने धारणा राखेका थिए।

महासचिव विष्णु पौडेल र उपाध्यक्ष गौतमले भने प्रधानमन्त्री इमानदार बन्न प्रयास गर्नुपर्ने धारणा राखेका थिए। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकता सुढृढ गर्ने, सरकारलाई बलियो बनाएर लैजाने गरी जानुपर्ने र अहिले विवाद गर्ने बेला नभएको भन्दै ओलीको बचाउ गरेका थिए। गृहमन्त्री थापाले पार्टीभित्र एकअर्कालाई निषेध गरेर जाने कुराले राम्रो नगर्ने भन्दै कमजोरीलाई सच्याएर एकताबद्ध भई जानुपर्ने बताए।

थापाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले एकताबद्ध भएर जानुको विकल्प छैन। कमजोरी कोट्याउनेभन्दा पनि त्यसलाई सच्याएर नयाँ तरिकाबाट जाऔं। पार्टी र सरकारलाई बलियो बनाएर जाऔं। निषेधको राजनीतिले कसैलाई माथि उठाउँदैन। कहाँ के गर्नुपर्ने हो होमवर्क गरौं। बदलाव र निषेधको राजनीतिले ठीक ठाउँमा पुर्‍याउँदैन।’बैठकमा प्रधानमन्त्री ओलीको प्रस्तावले नयाँ मोड लिएपछि नेताहरुले यस विषयमा थप गृहकार्यको आवश्यकता महसुस गरेका थिए। बुधबारको सचिवालयमा नेताहरूले खुलेरै आफ्ना भनाइ राखेको वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘पार्टीभित्र र बाहिर देखापरेका सबै समस्याका विषयमा पार्टी बैठकमा गम्भीरतापूर्वक छलफल भएको छ। अब अर्काे बैठक बसेर स्थायी समिति बैठक टुंगो लगाउने समझदारी बनेको छ’, वरिष्ठ नेता खनालले भने। रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah