दण्ड स्वरुप मान्छेहरु गाउँ निकाला वा देश निकाला भएका समाचार त सुनिएकै थियो । तर यो दुनियाँमा कुखुराको भालेसमेत गाउँ निकाला हुँदो रहेछ । भालेलाई गाउँ निकाला गर्नुको कारण पनि अचम्मकै छ । वास्तवमा ठूलो आवाजमा कुखुरी काँ…गरेर बासेको अभियोगमा उक्त भाले गाउँ निकालामा परेको हो ।

आखिर कुखुराको भालेको कामै बास्ने त हो । तर आफ्नो यो पहिचान एउटा भालेका लागि अभिशाप बन्यो । यसरी चिच्याएर बासेको आरोपमा एउटा भाले गाउँ निकालामा परेको घटना युरोपेली मुलुक अष्ट्रियाको हो ।

अष्ट्रियाको मार्कस्र्डर्फमा कुखुराको भाले बासेका कारण गाउँलेहरुलाई डिस्टर्ब भएपछि भालेविरुद्ध उजुरी पर्‍यो । उक्त भालेको आवाजले दिक्क बनाएको भन्दै धेरै गाउँलेहरुले उजुरी गरे । जसका कारण भालेलाई गाउँ निकाला गर्ने निर्णय भएको छ । उसका लागि नयाँ वासस्थान खोज्ने प्रक्रिया अघि बढिसकेको छ ।
स्थानीय एउटा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै स्थानीय एक जना महिलाको घरमा पालेर राखेको उक्त भालेको आवाज स्थानीयवासीहरुलाई पटक्कै चित्त बुझेन । विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै विद्यालयले उक्त घरमा तिनवटा कुखुरा पालेको थियो । त्यसमध्ये दुईवटा भाले र एउटा पोथी थियो ।

भालेहरु पटक-पटक जोडसँग बास्ने मात्र नभै एक आपसमा लडाइँ झगडा गर्दासमेत ठूलो-ठूलो आवाज निकाल्ने भएपछि दुईवटा भालेमध्ये ठूलो आवाज निकाल्ने भालेलाई त्यहाँबाट निकाला गर्ने निर्णय गरिएको हो । तर एउटा भाले र अर्को पोथी भने त्यहीँ नै रहन पाउनेछन् ।

कुखुरा पाल्ने ती महिलाले भने उक्त भाले निकै असल स्वभावको रहेको र आवाज मात्रै ठूलो रहेको बताएकी छिन् । गाउँ निकाला गरिने भालेका लागि नयाँ घरको खोजी भैरहेको तर अहिलेसम्म कुखुरा पाल्ने मानिस फेला नपरेको उनको भनाइ छ ।

यदि उक्त कुखुरा पाल्ने मानिस फेला नपरेमा चाहीँ कुखुरालाई बधशालामा पठाइनेछ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah