गत शुक्रबार रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. १ पुर्निहवाका २५ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। वैशाख ५ गते भारतबाट गाउँ आएका उनलाई सोही दिन गाउँपालिकाको क्वारेन्टाइनमा राखिएकै अवस्थामा संक्रमण पुष्टि भएपछि बुटवल कोरोना आइसोलेसन अस्पतालमा ल्याइयो।
सुनसान र एकान्त स्थानमा रहेको बुटवल धागो कारखानामा बनाइएको ५० बेडको अस्पतालमा एक जनामात्र संक्रमित कसरी बसेका होलान् र उनको उपचार तथा रेखदेख कसरी भइरहेको होला?
रुपन्देहीको बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कोरोना संक्रमित युवाले नाचेर दिन कटाउने गरेका छन् ।
जिल्लाको कोटहीमाई गाउँपालिकाका कोरोना संक्रमित युवा नाचेको भिडियो प्राप्त भएको छ काठमाडौंमा ती युवाको स्वाब जाँच गर्दा गत शुक्रवार रिपोर्ट पोजेटिभ देखिएपछि हस्पिटलको आइसोलेन वार्डमा भर्ना गरिएको थियो । ५० जना कोरोना संक्रमित राख्न मिल्ने क्षमताको आइसोलेसन वार्डमा ती संक्रमित युवालाई एक्लै राखिएको छ ।
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले एक्लै अस्पतालमा बस्दाबस्दै दिन कटाउन गाह्रो भएपछि संक्रमति युवा नाच्ने गरेको पुष्टि गरे । ‘एक्लै भएर बोर लाग्दो हो । नाचेका रहेछन् । नाच्दा पनि शरीरलाई फाइदा नै हुन्छ ।’
यसपटक पनि कोटहीमाईका ती युवा आइसोलेसन अस्पतालबाटै भागेको भन्ने सामाजिक सञ्जालमा हल्ला चलाइरहँदा उनी अस्पतालभित्रै गीत बजाएर नाचेर दिन बिताउने गरेको भिडिओ सार्वजनिक भएको छ।
शुक्रबार साँझ आइसोलेसन अस्पतालमा ल्याइँदा नै सामान्य अवस्थामा रहेका उनी दिनभरि एक्लै अस्पतालभित्र बस्दा न्यास्रो लाग्न थालेपछि अस्पताल प्रशासनको सहयोगमा गीत बजाएर नाच्दै दिन कटाउने गरेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले एक्लै अस्पतालभित्र बसिरहँदा न्यास्रो लाग्न थालेपछि फ्रेस हुन गीत बजाएर नाच्ने भनेपछि स्पिकर बजाएर गीत लगाइदिने गरेको बताए।
‘ठूलो अस्पतालभित्र एक्लै बस्न थालेको पाँच दिन भयो, दिनरात एक्लै बस्नुपर्दा न्यास्रो लाग्नु स्वभाविक हो, गीत बजाएर नाच्न र फ्रेस हुन खोजेपछि हामीले सहयोग गरेका हौं’, उनले भने।



