तेह्रथुम : फेदाप गाउँपालिका-५ साबिक ईसिबु-१ का एक युवक बावु-आमाको हत्या आरोपमा पक्राउ परेका छन्। बिहीबार साँझ बावु-आमाको हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय कंचन लिम्बुलाई नियन्त्रणमा लिएको हो।

हत्या गरेर भाग्दै गरेको अवस्थामा कंचनलाई पोक्लाबाङ प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो। उनीमाथि अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए।

बिहीबार साँझ ६ बजे घरायसी विवादका क्रममा ४२ वर्षीय बुवा रुपबहादुर लिम्बु र आमा ३५ वर्षीय ईसा खापुङ लिम्बुलाई बञ्चरोले हानेर हत्या गरेको आरोप उनीमाथि छ। बञ्चरो प्रहारबाट गम्भीर घाइते दम्पतीको घटनास्थलमै मृत्यु भएको स्थानीय किस्मत फोम्बोले जानकारी दिए।

घटनास्थलमा पहरीको अनुसन्धान टोली भोलि जाने र मृतकको शव पोष्टमार्टमका अस्पताल लगिने प्रहरीले जनाएको छ। मृतक ईसाको ७ महिनाको नाबालक छोरीसमेत रहेको वडाध्यक्ष टेकबहादुर घिसिङले जानकारी दिए। अन्नपूर्ण पोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah