पाडाजुंगी ,२६ बैशाख । झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित पाडाजुंगी सडकखण्डमा आज साँझ ट्रक र मोटरसाईकल एकापसमा ठक्कर खादाँ एक जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा इलाम,चुलाचुली गाँउपालिका वडा नम्बर ४ बस्ने वर्ष ३१ का रणबहादुर लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
पूर्ववाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल र पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना.६ ख. ५४०१ नम्बरको ट्रक आज साँझ ७.३० वजे एकापसमा दुर्घटना भएको प्रहरीको भनाई छ ।
ठक्करवाट सख्त घाईते भएका मोटरसाईकल चालक लिम्बुको उपचार गर्न दमक अस्पतालमा ल्याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताए । दुर्घटनामा संलग्न ट्रकसहित चालक र मोटरसाईकललाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हाम्रो दमक बाट



