झिलझिले/सामाजिक र राजनीतिक रुपमा झापामा चिनिएका युवा सुरज रिङालुङ राइको नयाँ परिचय यतिखेर बजारमा चर्चाको बिषय बनेको छ ।  युवा राजनीतिमा शिवसतासीमा चिनिएका रिङालुङले म्यूजिक भिडीयो वजारमा ल्याएका छन् र नयाँ परिचय थपेकाछन् ।

रिङालुङको कथा तथा निर्देंशनमा गायक रेवत राईको ‘इमर्ज’ एल्बमको ‘माया गरे ,माया गरे’ गीतको म्यूजिक भिडीयो वजारमा ल्याइएको हो ।  भिडियो मंसीरमा छायाङकन गरिएको थियो । रिङालुङले नेपालमा मात्र नभएर म्यूजिक भिडियो अब बिदेशमा पनि माया पाउने बताए ।जेठ ३ गते गायकको टोली बेलायतमा गएर यसको प्रदर्शन गर्ने तयारी गरेको छ ।

रिङालुङका अनुसार म्यूजिक भिडीयोमा मोडल इशक राई र झिलझिलेकी मोडल रसिया प्रधानले राम्रो अभिनय गरेका छन् । संगीतमा महेश खड्का, कोरियाग्राफीमा अरुण लिम्बुको खटाइ प्रभावकारी रहेको छ । म्यूजिक भिडीयोको छायांङकन झापा, इलाममा गरिएको छ ।

शास फिल्मस् प्रालिको व्यानर तथा अम्बिका नाछिरिङ राईको प्रस्तुतिमा म्यूजिक भिडीयो निर्माण भएको हो । राजनीतिसंगै गीत संगीतलाइ पनि अघि बढाउने रिङालुङ बताउछन् । उनको ब्यवस्थापन र अग्रसरतामा झिलझिलेमा धेरै सागितिक कार्यक्रमहरु समेत भइसकेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah