देखिएको डाँडा काँडा पाखै उपहार भो अंगालोको माया सहित काखै उपहार भो हरेक दिन हरेक साँझ हरेक पलहरुमा तिम्रै मात्र सपना देख्ने आँखै उपहार भो

प्रत्येक पल तिम्रै नाम रट्दै बसेको छु तेत्तीस कोटि देवि देउता जप्दै बसेको छु तिम्रो अोठमा यहि मुस्कान सँधै रहोस् भन्दै हरेक साँझ दियोमा तेल थप्दै बसेको छु ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छड्के नजर तर्नेलाई सुझाव निउँ पार्दै नजिक सर्नेलाई सुझाव सोचे भन्दा गार्हो छ माया मरिहत्ते गर्नेलाई सुझाव

उनीलाई छुन पाउने कानुन बनोस देशमा सँगै हाँस्दै रुन पाउने कानुन बनोस देशमा नुन, गुन, खुन सुनको त पक्कै कानुन बन्ला उनी मेरै हुन पाउने कानुन बनोस् देशमा