काठमाडौंमा सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा बोल्दै चिनियाँ राजदूत छन सोङले आफ्नो मुलुकले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्न तयार रहेको बताएका छन ।

राजदूत सोङले भने, ‘मलाई लाग्छ, फिल्ममा चीन र नेपालको साझेदारीले दुई मुलुकका जनताको सम्बन्ध थप निकट र प्रगाढ बन्नेछ ।’ नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान र मित्रताको पुलको काम चलचित्रले गर्नसक्ने समेत उनले बताए ।

बेइजिङ फिल्म एकेडेमीकी प्राध्यापक ली रान छैटौं निफमा जुरी प्रमुख छिन् जसले उद्घाटन समारोहमा नेपाल र चीनबीचको सम्बन्धमा फिल्म महत्वपूर्ण माध्यम बन्न सक्ने बताएकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय