महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृ त फेला परेका छन्। बिर्ता बस्तीकै मकैबारीमा ठाकुरको श व साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो।

मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस आधारमा कसैले ह त्या गरेर फालेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए।

बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछि कहाँ कसकोमा गएका थिए भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।