दमक,३१ बैशाख । टिफरको ठक्करबाट झापाको दमकमा आज विहान एक जना साईकल यात्रीको ज्यान गएको छ । दमक ५ स्थित हरिओम कोलनी मार्गको भित्री सडकमा आज विहान ८.१५ वजे तिर को.१ ख.५५२४ नम्बरको टिफरको ठक्करवाट दमक नगरपालिका वडा नम्बर १ का १६ वर्षिय सोवित दर्जीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक यज्ञराज शर्माले जानकारी दिए ।

तिव्र गतिमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको टिफरले विपरीत दिशाबाट आईरहेको साईकलयात्रीलाई ठक्कर दिदाँ दर्जीको घटनास्थलमा नै ज्यान गएको उनले वताए । ठक्करवाट दर्जीको कम्मर मुनीको भाग क्षतविक्षत भएको थियो । दुर्घटनामा संलग्न टिफर र त्यसका चालक लाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय