काठमाण्डौ – यूएईले भिसाको म्याद सकिएका र भिसा सम्बन्धी नियम उल्लंघन गरेका नेपालीसहित विदेशी नागरिकलाई जरिवाना माफ गरिदिने भएको छ ।

यसअघि मार्च १ पछि भिसाको अवधि सकिएकालाई लाग्ने जरिवाना माफी गर्ने भनिएकोमा बुधबार अर्को निर्णय गर्दै यूएईले मार्च १ अघि नै भिसा सकिएकालाई पनि लाग्ने जरिवाना माफ गर्ने बताएको हो । तर यसरी स्वदेश फर्कन चाहनेहरुले मे १८ देखि तीन महिनाभित्र यूएई छाड्नु पर्नेछ ।

यूएईको आईडीको म्याद सकिएको र श्रम अनुमति (वर्क परमिट)मा सकिएकाको पनि जरिवाना माफ हुने छ । यूएईले दिएको यो अवसरको फाइदा उठाएर स्वदेश फर्कनेले अवस्था समान्य भएपछि फेरि पनि यूएई फर्कन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय