काठमाडौं : मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा बिजय हासिल गरेको छ ।भर्खरै सकिएको मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेकी छिन् ।

यसअघि  मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका थिए  । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनिता लामाले हराएकाे थियाे ।  हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाबाट एमालेले बिजयी शुरुवात गरेको थियाे । मनाङमा एमालेले चुनाव जितेको इतिहासमै यो पहिलो पटक हो ।