काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले सचिवालय सदस्यहरुसँग सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका बारेमा सुझाव मागेका छन् ।

‘प्रधानमन्त्रीले सरकारको नीति तथा नीति कार्यक्रमका सन्दर्भमा महत्त्वपूर्ण सुझाव छन् भने अझै पनि दिन हुन सचिवालय बैठकलाई अनुरोध गर्नुभयो’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले, ‘केही विषयमा महत्त्वपूर्ण सुझावहरु दिने काम भयो ।’

प्रवक्ता श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमपछि स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल हुने जानकारी पनि दिएका छन् ।

‘नीति तथा कार्यक्रमपछि सचिवालय बैठकमा छलफल होला,’ उनको भनाई छ । यसअघि सचिवालय बैठकले वैशाख २५ गते र ३१ गते निर्धारण गरेको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय