हिजो सम्पन्न भएको मतदानको विभिन्न स्थानमा मतगणना जारी रहेको छ । केही स्थानमा मतगणना सकिएको छ । हालसम्म मतगणना सकिएका विभिन्न तीन स्थानमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । जसमध्य ललितपुरको महाकांल,जुम्लाको गाँठीचौर र मनाङको चामे गरी तीन स्थानमा नेकपा एमालेले आफ्नो विजयी यात्राको खाता खोलेको छ । त्यस्तै हाल मतगणना भइरहेको विभिन्न स्थानहरुको मतप्राप्तांक केलाउदा हालसम्म विभिन्न चौध स्थानमा नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।   त्यस्तै नेपाली कांग्रेसले एक स्थानमा जीत हासिल गर्दा ७ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्र २ स्थानमा अगाडि रहेको छ । राजधानीको तार्केश्वर नगरपालिकामा मतगणना जारी छ । र, त्यहाँ नेपाली कांग्रेसका मेयरका उम्मेदवार श्रीराम थापाले १२० मत ल्याएर अग्रता कायम गरेका छन् भने रामकृष्ण बोहराले ११५ मत ल्याएका छन् भन माओवादी केन्द्रका धनलाल महर्जनले ११ मत ल्याएको छ ।

दक्षिणकाली नगरपालिका
राजधानीको दक्षिणकालि नगरपालिकामा एमालेका शशि शर्मा अर्यालले २७१ मत ल्याएका छन् भने कांग्रेसका मोहन वस्नेतले १२३ मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रका उग्रेन लामाले ७० मत ल्याएका छन् ।

शंखरापुर नगरपालिका
राजधानीको शंखरापुर नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका मेयरका उम्मेदवार सुवर्ण श्रेष्ठ १७८ मत ल्याएका छन् भने माओवादी केन्द्रका कुष्ण सुवेदीले १३८ मत ल्याएका छन् । नेपाली कांग्रेसका शंकर तिवारीले ७१ मत ल्याएका छन् ।

बनेपा नगरपालिका
काभ्रेको बनेपा नगरपालिकामा जारी रहेको मत गणनामा एमालेका मेयरका उम्मेदवार लक्ष्मी नरसिंह वादेले ५२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका राम जोशीले ४२ मत ल्याएका छन् ।

चन्दनाथ नगरपालिका
जुम्लाको चन्दनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । मेयरका उम्मेदवार कान्तिका सेजुवालले १०९ मत ल्याएका छन् भने माओवादी केन्द्रका अशोककुमार श्रेष्ठले ८२ मत ल्याएका छन् । त्यस्तै एमालेका शान्तिलाल महतले २९ मत ल्याएका छन् ।

धादिङ, धुनीवेशी नगरपालिका
धादिङको धुनीवेशी नगरपालिकामा एमालेका बालकृष्ण आचार्य ११५ मत ल्याएका छन् भने माओवादी केन्द्रका दीपक लामिछाने ६८ मत ल्याएका छन् । नेपाली कांग्रेसमा माधव पाण्डेले ५१ मत ल्याएका छन् ।

कावासोती नगरपालिका
नवलपरासीको कावासोती नगरपालिकामा एमालेका चन्द्र पुनले २०९ मत ल्याएर अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका महेन्द्र पोखरेलले ९८ मत ल्याएका छन् भने माओवादी केन्द्रका डसीराम बस्यालले १४ मत ल्याएका छन् ।

गैडाकोट नगरपालिका
नवलपरासीको गैडाकोट नगरपालिकामा एमालेका छत्र पौडेलले २५६ मत ल्याएका छन् भने नेपाली कांग्रेसका गजेन्द्र आलेले २१४ मत ल्याएका छन् भने माओवादी केन्द्रका दुर्गा ढुंगाना २४ मत ल्याएका छन् ।

देबचुली नगरपालिका
नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद श्रेष्ठ ४९९ मत ल्याएका छन् भने एमालेका हरि न्यौपानेले ४२५ मत ल्याएका छन् । माओवादी केन्द्रका सत्यनारायण भुषलले २६२ मत ल्याएका छन् ।

मध्यविन्दु नगरपालिका
नवलपरासिको मध्यविन्दु नगरपालिकामा एमालेका भीमलाल अधिकारी २१५ मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका चन्द्रबहादुर राना १६३ मत ल्याएका छन् । माओवादी केन्द्रका सुष्मा खनाल १४ मतका साथ तेस्रो स्थानमा छन् ।

विनयी त्रिवेणी गाउँपालिका
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका डम्बर बहादुर जिसी ६८२ मतका साथ अगाडि छन् भने एमालेका लक्ष्मण बहादुर पाण्डे ४०५ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका कृष्ण प्रसाद पाण्डेले मत पाएका छैनन् ।

नुवाकोट, तादी गाउँपालिका
नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेसका नारयण पाण्डे ३४८ मतका साथ अगाडि छन् भने एमालेका कृष्णप्रसाद लामिछानजे २८५ मतका साथ दोस्रो स्थानमा रहेका छन् । माओवादी केन्द्रका मानसिं तामाङले १५४ मत ल्याएका छन् ।

विदुर नगरपालिका
नुवाकोटको विदुर नगरपालिकामा धु्रव अधिकारी ले १०७ मत ल्याएका छन् भने एमालेका सञ्जु पण्डितले १०५ मत ल्याएका छन् । माओवादी केन्द्रका लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् ।

मकवानपुर, थाहा नगरपालिका
मकवानपुरको थाहा नगरपालिकामा एमालेका विष्णु ढकालले २४० मत ल्याएका छन् ।
त्यस्तै माओवादी केन्द्रका लवशेर विष्टले २०५ मत ल्याएका छन् । भने राप्रपाका हरेराम कार्की २ मतले अगाडि छन् ।

मनहरी गाउँपालिका
मकवानपुरको मनहरी गाउँपालिकामा एमालेका एकराज उप्रेती ३७ मतका साथ अगाडि छन् भने नेपाली कांग्रेसका शंकर न्यौपाने २७ मतका साथ दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका रामहरि सुवेदीले १३ मत ल्याएको छ ।

मनाङ, चामे गाउँपालिका
मनाङको चामे गाउँपालिकामा एमालेका तर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार लोकेन्द्रबहादुर घले २१४ मतका साथ विजयी भएका छन् भने नेपाली कांग्रेसका अनिता लामाले १७३ मत ल्याएका छन् ।

नारफू गाउँपालिका
मनाङको नारफू गाउँपालिकामा नेपाली कांग्रेसका मिङमाछिरिङ लामाले जित दर्ता गरेका छन् । उनी मतदाता मनोनयमकै बेलामा निविरोध भएका हुन् ।

बेनी नगरपालिका, म्याग्दी
म्यादीको बेनी नगरपालिकामा एमाले प्रमोद श्रेष्ठका ३२७ मत ल्याएका छन् भने नेपाली कांग्रेसका हरिकुमार श्रेष्ठले २०७ मत ल्याएको छ ।

रसुवा, उत्तरगया गाउँपालिका
रसुवाको उत्तरगया गाउँपालिकामा एमालेका अशोक घिमिरेले अग्रता लिएका छन् । जारी मत गणनामा उनले १६२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उपेन्द्र लम्सालले १४८ मत ल्याएका छन् । माओवादी केन्द्रका मेघनाथ घिमिरेले ५४ मत ल्याएका छन् ।

रसुवाको, कालिका गाउँपालिका
रसुवाको कालिका गाउँपालिकामा एमालेकी सीताकुमारी पौडेलले १२३ मत ल्याएर अग्रता लिएकी छिन् भने माओवादी केन्द्रका उद्धवप्रसाद रिजालले १२२ मत ल्याएका छन् । नेपाली कांग्रेसका साधुराम पौडेलले ९७ मत मत ल्याएका छन् ।

ललितपुर, कोन्ज्योसोम
ललितपुरको कन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्रका गोपी स्याङ्तान २६५ मत ल्याएका छन् । भने एमालेका कृष्णमान लामा २९९ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजन घिमिरेले ८३ मत ल्याएका छन् ।

महालक्ष्मी नगरपालिका
ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका रामेश्वर श्रेष्ठले २०२ मत ल्याएका छन् भने माओवादी केन्द्य्रका शिव कट्टेलले १२६ मत ल्याएका छन् । नेपाली कांग्रेसमा महेश खड्काले ७९ मत ल्याएका छन् ।

ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसमा चिरीबाबु महर्जनले २१८ मत ल्याएका छन् भने एमालेका हरिकृष्ण व्यञ्जनकारले १८४ मत ल्याएका छन् । माओवादीका दीपेश महर्जनले ८३ मत ल्याएका छन् ।

बाग्मती गाउँपालिका
ललितपुरको बाग्मती गाउँपालीकामा माओवादी केन्द्रका राजु आलेमगरले १८५ मत ल्याएका छन् ।
नेकपा एमालेका दुर्गा घिमिरेले १६९ मत ल्याएका छन् ।

सल्यान, दर्मा गाउँपालिका
सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रका निमबहादुर केसी १५८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र केसीले १०० मत ल्याएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah