शनिबारबादेखि राजधानीका गल्लीमा अनावश्यक कामले हिँड्नेलाई पक्राउ गरी कानुनी कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले भीड नियन्त्रण गर्न शुक्रबार दिउँसो यस्तो निर्णय गरेको हो। जिल्ला प्रशासनका प्रशासकीय अधिकृत मानबहादुर बुढाले सहरका गल्लीमा प्रहरीले चेक प्वाइन्ट राखेर अनावश्यक हिँड्डुल गर्नेलाई नियन्त्रण गर्ने बताए। यसअघि काठमाडौंका मूल सडकलाई मात्रै प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिँदै आएको थियो।

बुढाका अनुसार पासबिनाका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा निषेध गरिएको छ। प्रशासनले यसअघि जारी सबै ई-पास र पहेंलो रङको पास खारेज गरिएको जनाएको छ। समितिको निर्णयबारे जानकारी दिंदै बुढाले भने, ‘यसअघि जारी भएका ई-पास र पहेंलो पास खारेज भएको छ। अब जारी हुने पास नीलो रङको हुनेछ।’

प्रशासनले अत्यावश्यक अवस्थामा गह्रौं सवारी साधनलाई राति ८ देखि बिहान ६ बजेभित्र मात्र गुड्न स्वीकृति दिएको छ। एम्बुलेन्स, शववाहन, पेट्रोलियम पदार्थ, औषधि तथा स्वास्थ्य सामग्री, ग्यास, सबै खाद्यवस्तु, तरकारी तथा फलफूललगायत बोकेका गाडीलाई पास नचाहिने जनाइएको छ। पास लिन सम्बन्धित कार्यालय, नियामक निकाय र नियामक निकाय नतोकिएको हकमा प्रशासन कार्यालयमा सम्पर्क राख्नुपर्ने निर्णय समितिले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah