विष्णुप्रसाद पोखरेल / दमक/ झापा दमकका ब्यवसायीहरुले लकडाउनको अवधिको घरभाडामा नेपाल सरकारले जारी गरेको निर्देशन अनुसार छुट गराउन पहल गरिदिनु आग्रह गरेकाछन् । उनिहरुले स्थानीय सरकारमार्फत यस्तो आग्रह गरेकाहुन् । सरकारले छुटका लागि घरधनीहरुलाई आग्रह गरेपनि घरधनीहरुले भने यो छुट दिन नसकिने जनाएकाछन् । दमकका घरबेटीहरुले नै नगरपालिकालाई ज्ञापनपत्र बुझाउदै छुट दिन नसकिने बताएका थिए ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार बस्तुगत संघहरु र बाणिज्य संघले बेग्लाबेग्लै रुपमा यस बिषयमा स्थानीय सरकारको ध्यानकर्षण गराएको छ । सरकारले गरेको आग्रह पालना हुनुपर्यो भन्ने हाम्रो माग हो, उनले भने । घरबेटी तथा घरधनीका समस्या पनि सामधान हुनुपर्छ भन्ने हाम्रो मान्यताछ, उनले जनाए ।

यसैगरी ब्यवसाय करमा सहुलियतको पनि माग गरिएको छ । आउँदो आर्थिक वर्षका लागि नगरपालिकाले उठाउँदै आएको व्यवसाय करमा कम्तीमा ५० प्रतिशत छुट गराउन पहल गरिदिन हामीले नगर प्रमुख रोमनाथ ओलीको ध्यानकर्षण पनि गराएका छौ, श्रेष्ठले भने ।

दमकका ब्यवसायीहरुले लकडाउन अवधिदेखि यसको असर रहुन्जेल सम्म व्यवसायीहरुले वैंक, वित्तिय संस्था तथा सहकारीको व्याज एवं किस्ता तिर्न नसक्ने भएको हुँदा सो अवधिको व्याज तथा जरिवाना छुट गर्न पहल गरिदिन समेत स्थानीय सरकारसंग अनुरोध गरेको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जनाए ।

पान तथा भ्याटमा व्यवसाय दर्ता गरी व्यवसाय गर्ने व्यवसायीहरुलाई आउँदो १ वर्षसम्म शुल्क तथा जरिवाना छुट गरी कर तथा राजस्व बुझाउने समय थप गर्न पनि पहल गरिदिन आफुहरुले माग राखेको संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले जनाए । ब्यवसायीहरुको समस्याको सम्बोधनका लागि स्थानीय सरकारमार्फत प्रदेश र संघीय सरकारमा पनि ध्यानकयर्षण गराएका हौ, उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah