अचेल प्रायः मानिसहरु थ्रेडिङ गर्छन् । शारीरिक सुन्दरताका लागि मानिसहरु थ्रेडिङ गर्छन् । थ्रेडिङ आइब्रो र आँखाको वरिपरिका राैंहरु निकाल्ने सौन्दर्य विधि हो । यसले अनुहारलाई सफा देखाउँछ । थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु-

बलियो धागो प्रयोग गर्नुपर्छ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिले आइब्रोमा पाउडर लगाउनु पर्छ ।

थ्रेडिङ गरेपछि एन्टिसेप्टिक लोसन तथा क्रिम लगाउनु पर्छ ।

थ्रेडिङ गर्नु पहिले अनुहारलाई सफा पानीले सफा गर्नुपर्छ ।

थ्रेडिङ गरेपछि गुलाब जलले अनुहार सफा गर्नुपर्छ ।

थ्रेडिङ गर्ने बित्तिकै अनुहारमा केमिकल भएको ब्युटी प्रोडक्टको प्रयोग गर्नु हुँदैन ।

थ्रेडिङ गरेपछि अनुहारमा मोस्चराइजर लगाएको राम्रो मानिन्छ ।