विष्णुप्रसाद पोखरेल/ दमक/ झापाको दमकका सहकारी संस्थाहरुले कम्तिमा पनि १० प्रतिश ब्याज छुट दिने भएकाछन् । दमक उद्योग बाणिज्य सघको पहलमा भएको छलफलमा सहकारीका अगुवाहरुले यस्तो प्रतिबद्धता जनाएकाहुन्। संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा यस्तो सहमति भएको बतार्ईएको छ । यसभन्दा अघि बैकका प्रबन्धकहरुसंग पनि संघले ब्यवसायीको पीरमार्काको बिषयमा लिखित रुपमा जानकारी गराएको र सहकारीसंग पनि आफुहरुले बृहत छलफल गरेको अध्यक्ष श्रेष्ठले बताए ।

संघका प्रथम उपाध्यक्ष राजु खड्काका अनुसार सहकारीहरुले कर्जाको व्याजमा न्यूनतम् १० प्रतिशत छुट सुविधा उपलव्ध गराउने, व्यवसायीहरुले लिएको कर्जामा लकडाउन अवधिभर किस्ता तथा व्याज असुल नगर्ने, किस्ताको हर्जनामा छुट दिने, किस्ताको अवधि कर्जाको सिलिङ्ग र संस्थाको अवस्था हेरी १ बर्ष देखी २ बर्ष सम्मको अवधि थप गरिने, कर्जाको किस्ता नबुझाएपनि व्याज मात्र बुझाएमा छुट दिने लगायतका बिषयमा निर्णय भएको छ ।

यसैगरी सहकारीहरुले सकेसम्म समय मिलाएर कम्तिमा हप्ताको २ पटक खुल्ला राख्ने व्यवस्था मिलाउने, आगामि दिनमा सहकारी संस्थाले कर्जा लगानी गर्दा दमक उद्योग वाणिज्य संघको सदस्य लिए नलिएको हेरी सकेसम्म व्यवसायी कर्जामा दमक उद्योग वाणिज्य संघको दर्ता प्रमाण–पत्र माग गर्ने लगायतका बिषयमा पनि छलफल सहित निर्णय भएको छ ।

बन्दावन्दि समाप्त भएपछी सहकारी संस्थाहरुलाई पर्न सक्ने समस्यालाई सहजीकरण गर्नका लागि दमक उद्योग वाणिज्य संघ, सवल सहकारी संस्था , विषयगत तथा जिल्ला संघको संयुक्त योजना बनाई आगामी भेलामा छलफल गर्ने निर्णय पनि भएको जनाईएको छ । प्रभावकारी न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय