निको भएपछि पनि कोरोनाभाइरसको पोजिटिभ पाइएकाहरू संक्रामक नहुने एक नयाँ अध्ययनले देखाएको छ । कोरियाको सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखा (सीडीसी) ले कोरोनाबाट निको भएर पुनः देखिएकाहरू संक्रामक नरहेको फेला पारेको हो ।

रोगीहरूको सम्पर्कमा आएका ७९० जनालाई रोग नसरेको पाइएको छ । यसले गर्दा कुनै कुनै क्षेत्रमा लकडाउन खोल्नु सुरक्षित हुने संकेत पाइएको सीडीसी टोलीको भनाइ छ ।

दोस्रोपटक कोरोना पोजिटभ पाइएका रोगीबाट संकलित भाइरस नमूनाहरू प्रयोगशालामा समेत नबढेको अनुसन्धाताहरूले पाए । यसको अर्थ हुन्छ– ती रोगीहरू पुनः संक्रमित भएका हैनन्, बरू तिनले मरेका भाइरसको कणहरू त्यागेका हुन् ।

दक्षिण कोरियाले अघिल्लो महिना निको भइसकेको थुप्रै रोगीलाई पुनः संक्रमण देखिएको भनी चिन्ता व्यक्त गरेको भए पनि यो अध्ययनले राहतको खबर दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय