विष्णुप्रसाद पोखरेल/ दमक/ झापामा कोरोना संक्रमित बढ्न थालेको र भारतीय तथा भारतमा रहेका नेपालीहरु समेत आएको सूचना पाउन थालेपछि स्थानीय तहहरुले लकडाउन पालना गराउन सिल गर्ने तथा बजारहरु बन्द गर्ने क्रम शुरु भएको छ । यस बिषयमा दमक नगरपालिका भने अहिले केहि पनि धारणा बनाएको छैन ।

बिर्तामोड र कन्काईले यस बिषयमा निर्णय लिएकाछन् । बिर्तामोड आज रातीदेखि सिल हुँदैछ । कन्काई विहानैदेखि ठप्प रहेको छ । यता दमक भने विहानैदेखि खुला रहेको छ । लकडाउनको राम्रोसंग पालना नै भएको छैन । सामान्य अवस्था छ रहेको भन्दै सामाजिक सञ्जालमा पनि विरोध हुँदै आएको छ ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले जोखिम अध्ययन गरेर निर्णय लिइने बताए । अहिले हामीले नगर सिल गर्ने लगायत अन्य बिषयमा निर्णयमा पुगेका छैनौ, उनले भने । हामी लकडाउनलाई पालना गर्न नगरबासीई आग्रह गरिरहेका छौ र लकडाउन पुर्ण पालना गर्न अनुरोध छ, उनले भने ।

दमक उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लव अफ दमक, दमक जेसिज लगायतका संस्थाहरुले लकडाउन प्रभावकारी बनाउनका लागि माग गर्दै आएकाछन् । संघले लिखित रुपमा नै नगरपालिकासंग लकडाउन दमकमा पालना नभएको भन्दै पालना गराउन लिखित नै माग गरेको थियो ।

नेकपाका युवा नेता शम्भु् भण्डारीले पनि तत्काल नगर सिल गर्नु पर्ने बताएकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नगरलाई सिल गर्न सुझाव दिएकाछन् । उनले लेखेकाछन्-झापामा कोरोनाको संक्रमण बढ्दै गएको छ दमक नगरपालिकाले पनि अहिले नै नगर सिल गरे अति नै राम्रो हुने थियो भोलि पर्सि नपर्खौ आजै जनप्रतिनिधिहरुले सिल गर्ने निर्णय गराउ नगर बसिको साथ रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय