#

श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ


सोलु,जेष्ठ-०९ गते । सोलुखुम्बु सोताङ बस्ने ४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेकी छिन ।हिजो दिउसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय प्रताप सिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेकी हुन । खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिईन । तत्काल प्रहरीमा खबर हुनसाथ उनलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

लडेर १ को मृत्यु

ओखलढुंगा सिद्धिचरण-७ दोल्पु बस्ने ४५ बर्षीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह ०५ बजे घरबाट जंगलमा च्याउ खोज्न गएका शेर्पा खर पाखाबाट लडी २ मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । जंगलमा च्याउ खोज्न गएका शेर्पा अबेर सम्म पनी घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु