#

प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने


विराटनगर । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने निर्णय गरिएको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।

कोरोना भाइरसको जोखिम हुन नदिन पनि सो ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणमा पूर्णरुपमा पालना गराउने निर्णय भएको उनले बताए । प्रदेश सरकार मन्त्रिपरिषद्ले गत माघ १३ गते प्रदेशलाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त बनाउने निर्णय गरेको थियो ।सो मन्त्रालयले सरोकारवाला पक्षसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु