पूर्वयुवराज पारस शाहलाई शुक्रबार मध्यरातमा छाती दुख्यो। उनले आफ्ना सहयोगीलाई ‘चेष्ट पेन’ भएको बताए।शाहका सहयोगीले उनलाई अस्पताल लैजान कोठाबाट निकाले। शाह लेकसाइडको खपौंदीस्थित अपार्टमेन्टमा बस्छन्।शाहलाई कोठाबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा गाडी दुर्घ टनामा पर्यो।
शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा बाच्छालाई ठक्कर दिएको हो। गाडीको ठक्करले बाच्छा घटनास्थलमै म रेको छ।गाडी दुर्घ टना भएपछि प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी नियन्त्रणमा राखेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले सेतोपाटीलाई बताए।
चालक गुरुङ पारसका सहयोगी भएको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित ३ जना थिए।जसमध्ये एक जना स्वास्थ्यकर्मी नै भएको एसपी कार्कीले बताए। दुर्घ टनापछि पारसका सहयोगीले अर्को गाडीमा राखेर उनलाई अस्पताल लगेका थिए।अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै फिर्ता पठाइदिएको थियो।










