काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १ स्थित पञ्चेटारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा अर्का एक जना घाइते भएका छन् । दुर्घटनाबाट मृत्यु हुनेमा मोटरसाइकल चालकहरु पासाङ तामाङ र मनोज दुलाल रहेको प्रहरी जनाएकाे छ ।

आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा परी दुवै मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले जानकारी दिनुभयो । लम्सालका अनुसार सामाखुसीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किएपछि दुर्घटना भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा परी घाइते हुनेमा मोटरसाइकलमा सवार मथुरा दुलाल रहेको खुलेको छ भने उनी गम्भीर घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी लम्सालको भनाइ छ ।