रोना संकटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ।

कोरोनाको त्रास र लकडाउनका कारण बढेको मानसिक स्वास्थ्यसम्वन्धी समस्यालाई न्युनिकरण गर्न योगाभ्यास राम्रो उपायको रुपमा देखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दक्षिण अष्टे«लिया विश्वविद्यालयका केही अनुसन्धानकर्ताहरुले गरेको नयाँ अनुसन्धानको नतिजा बेलायती एक जर्नलमा हालै प्रकाशित भएको छ। यस विषयको अनुसन्धानलाई चासोका साथ हेरिएको विज्ञहरुले बताएका छन् ।

अनुसन्धानको नेतृत्व गर्नु भएका जकिन्ता ब्रिन्स्लीले भौैतिक दुरी कायम गर्दै समयमै अध्ययन सकिएको जानकारी दिइन्।

अध्ययनले आफै व्यक्तिगत एकान्तवासमा बसेकाहरुलाई पनि योगाभ्यासको आवश्यकता पर्ने र उपयोगी हुने देखिएको उनले बताइन् ।

त्यसैगरी घरमै बसेर काम गरेका, लगातार एउटै वातावरणमा रहेका सवैका लागि योगाभ्यास गर्नु फाइदाजनक हुने र यसले बसाईलाई सहज बनाउन सहयोग गर्ने अध्यनकर्ताहरुको दावी छ। रासस/एएनआई