
पालुङटार नगरपालिका वडा नम्वर १ मा नयाँ शक्तिको प्यानल बिजयी भएको छ । ६८५ मत ल्याएर वडा अध्यक्षमा नयाँ शक्तिका उम्मेदवार कृष्ण परियार बिजयी भएका हुन् । त्यस्तै पालुङटार नगरपालिकाको मेयरमा नयाँ शक्ति पार्टीका अशोक देवकोटाले ७०२ मत ल्याएका छन् ।
माओवादी केन्द्रका मेयर उम्मेदवार विवश चिन्तनले ३०४, नेपाली काग्रेसका मेयर उम्मेदवार दिपक कडेलले २७५ र एमालेका मेयर उम्मेदवार जुद्ध बिलास भण्डारीले १०६ मत ल्याएको निर्वाचन अधिकृत सुरेन्द्र राज काफ्लेले बताए । चुमनुव्री गाउँपालिका वडा नम्वर ७ छेकम्पारको वडा अध्यक्षमा नेपाली काग्रेसका पासाङ फुन्जो लामा १८९ मत ल्याएर बिजयी भएका छन् ।
कुल ४८६ मत खसेकोमा माओवादी केन्द्रका लाक्पा लामाले १७३ मत ल्याएका छन् । एमालेका दोर्जे लामाले ३९ मत ल्याएको निर्वाचन अधिृकत हरिहर दाहालले बताए । सुलिकोट गाउँपालिका वडा नम्वर १ बारपाकको वडा अध्यक्षमा माओवादी केन्द्रका रोशन कुमार बिक बिजयी भएका छन् । २२२ मत ल्याएर वडा अध्यक्षमा बिक बिजयी भएका हुन् ।
त्यस्तै काग्रेसका तुल बहादुर घलेले २१३ मत ल्याएका छन् भने नयाँ शक्तिका वडा अध्यक्ष उम्मेदवार आश बहादुर गुरुङले ५० मत ल्याएको निर्वाचन अधिकृत पुरन गिरिले बताए । गण्डकी गाउँपालिकाको वडा नम्वर १ को अध्यक्षमा माओवादी केन्द्र प्यानल सहित बिजयी भएको छ ।
माओवादी केन्द्रका वडा अध्यक्षका उम्मदेवार गिर बहादुर गुरुङ ५२० मत ल्याएर बिजयी भएका हुन् ।



