कोभिड–१९ नोबेल कोरोना भाइरस (सार्स–कोभ–२) बाट हुने रोग हो। नयाँ भएकोले यो भाइरस र रोगबारे विश्वलाई नै थोरै मात्र जानकारी छ। हालसम्म उपयुक्त उपचार र खोप पत्ता नलागेको यो रोग २०१९ डिसेम्बरमा चीनको वुहान सहरबाट सुरुवात भएको हो। विश्व स्वास्थ्य संगठनले ११ मार्च २०२० मा यसलाई महामारी घोषणा गरेको थियो।

कोरोना रोग विभिन्न उमेरका मानिसहरुमा विभिन्न लक्षण साथ देखिएको छ। विषेश गरी जेष्ठ नागरिक (६० वर्षभन्दा बढी उमेर) को प्रतिरोधात्मक क्षमता कम भएको जस्तैः दीर्धरोगी, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, कलेजो र मिर्गौला रोग भएकाहरुमा जटिल रुपमा प्रकट भएको छ र मृत्युदर पनि बढी भएको पाइएको छ।

अहिलेसम्म विश्वमा भएका अध्ययनमा बालबालिकामा कोरोना भाइरस जटिल रुपमा प्रस्तुत भएको पाइएको छैन र मृत्युदर पनि कम छ। कतिपय बच्चामा रोगको लक्षण नदेखिने अथवा देखिइहाले पनि साधारण रुघाखोकी जस्तै रुपमा प्रस्तुत हुने हुनाले बालबालिकाले घरका ठूला मानिस र जेष्ठ नागरिकलाई सार्न सक्छन्। बच्चाहरुले सामाजिक दूरी कायम गर्न नसक्ने हुनाले विद्यालयहरु बन्द गर्नु परेको छ।

नेपालमा कोरोना भाइरसबाट १७ जना १८ वर्ष मुनिका बालबालिका संक्रमित भएका छन्। तर खुसीको कुरा, अधिकांंश बिरामी लक्षणविहीन छन् र शारीरिक रुपमा स्वस्थ्य छन्। अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन। तर रोगको लक्षण नदेखिएका ती बिरामीहरु बेलैमा पत्ता लगाई एकान्तबास गर्न सकिएन भने ठूलो संख्यामा समुदायमा रोग फैलिने डर हुन्छ।

कोरोना रोग मुख्यतया संक्रमित व्यक्ति (रोगको लक्षण देखिएको अथवा नदेखिएको) बाट स्वास्थ्य व्यक्तिमा सर्छ। संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निस्केका कण वा छिटाहरु श्वास–प्रश्वासको माध्यमबाट स्वस्थ्य व्यक्तिको शरीरमा प्रवेश गरेमा, उक्त कणहरु स्वस्थ्य व्यक्तिको मुख, नाक र आँखा हुँदै शरीरमा प्रवेश गरेमा रोग सर्न सक्छ। संक्रमित व्यक्तिको मास्क, निजले छोएको सतह आदिबाट स्वस्थ्य व्यक्तिमा रोग सर्न सक्छ।

कोरोनाका लक्षणलाई ३ समूहमा बाँड्न सकिन्छः
१. लक्षण नभएकोः यी बच्चा हेर्दा सामान्य देखिन्छन्। यिनीहरुमा रोगका कुनै लक्षण हँुदैनन्, अधिकांश बच्चा यही समूहमा पर्छन्।

२. सामान्य लक्षणः कतिपय बच्चाका ज्वरो आउने, सुख्खा खोकी लाग्ने, कमजोरी महसुस हुने, शरीरका मांसपेसीहरु दुख्ने हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्छ र आवश्यकता अनुसार अस्पतालमा भर्ना हुनुपर्छ।

३. कोभिड रोगको कडा संक्रमणका लक्षणहरु देखिए तुरुन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ। त्यस्ता बच्चालाई कतिपय अवस्थामा आइसियुमा भर्ना गर्नुपर्ने र मृत्यु पनि हुन सक्छ।

अधिकांश बालबच्चामा कोभिड–१९ रोग देखिए पनि उनीहरुमा कुनै लक्षण नदेखिन सक्छन्। केही बच्चामा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, शरीरका मांसपेसीहरु दुख्ने हुन्छन्। यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनुपर्छ। धेरै कम बच्चामा रोगको कडा लक्षण देखिन सक्छन्।

कडा लक्षण
– १०२ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने।
– श्वास फेर्न गाह्रो हुने, ओठ र जिब्रो निलो हुने।
– सुस्त वा बेहोस हुने।
– बच्चामा कम्पन हुने।
– नाक, मुखबाट रगत आउने, बच्चा पहेंलो हुने र छाम्दा चिसो हुने।
– कतिपय बच्चामा कडा किसिमको झाडापखाला र डाबर आउने पाइएको छ।

विद्यालयहरु बन्द भएको, बाहिर हिँड्न, डुल्न नपाउने, खेल्न नपाउने र अन्य कारणले कतिपय बच्चामा मानसिक समस्या आउन सक्छ। जस्तैः रुने, झर्किने, शरीरका विभिन्न भाग दुख्ने आदि।

बच्चामा शारीरिक, मानसिक समस्या देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुहोस्। आफू शान्त रहनुहोस् र परिवारलाई आश्वस्त पार्नुहोस्। बच्चालाई दिनभरिको तालिका बनाइदिनुहोस्। समयमा सुत्न र उठ्न लगाउनुहोस्। बच्चालाई नियमित खोप र खुवाइरहेका अन्य औषधि दिनुहोस्। नियमित पोषिलो खाना, ताजा खानाहरु दिनुहोस्। कोभिड–१९ रोगको संक्रमण रोक्ने उपायबारे आफू पनि जानकारी लिनुहोस् र बालबालिकालाई पनि सिकाउनुहोस्।

– भिडभाडमा आफू पनि नजानुहोस् र बच्चालाई पनि नपठाउनुहोस्।
– सामाजिक दूरी कायम गर्नुहोस्। (एक अर्का बीचमा १–२ मिटरको दूरी)
– बाहिर हिँड्दा, कहीँ जाँदा माक्स लगाउनुहोस्। (३ वर्ष भन्दामाथि उमेरका बच्चाले माक्स लगाउनुपर्छ)।
– हाच्छ्युँ गर्दा, खोक्दा मुख कुइनोले अथवा टिस्यु पेपरले छोप्नुहोस्।
५) बाहिर गएर आउँदा, अपरिचित वस्तु छुँदा, खानु अगाडि, दिसा गरेपछि साबुन लगाएर मिचीमिची हात धुनुहोस्।

(यो सामग्री नेपाल पेडियाट्रिक सोसाइटीले तयार पारेको हो)  तस्बिर: युनिसेफ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah