बैतडी । सिमानाका भारतको झुला घाटमा करिब ३सय नेपालिहरु अलपत्र परेका छन् । बिगत ५ दिनदेखि उनीहरु भोक भोकै छन् । भारतका विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किन भनी आएकोमा सिमानाका बन्द हुँदा ओढारमा दिनरात कटाइ रहेका छन् । कसैकसैलाई भारतीय गाडीहरुले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् ।
उनीहरु झुलाघाटमा पुग्ने बित्तिक्कै प्रहरीबाट लखेटिए, भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् । बैतडीको दोगडाकेदार ४ का किसोर भण्डारीले भने, ‘हामीले खाना नखाएको ५ दिन भएको छ । ३ दिनसम्म झोलामा बोकेर ल्याएका बिस्कुटहरु खायौँ, अहिले बिस्कुट पनि सकियो । बजारमा १ जना पठाएर बिस्कुट किन्न खोजे व्यापारीहरुले हामीबाट पैसा लिन मान्दैनन् ।’

आफुहरु मध्ये धेरै व्यक्तिहरु १५–२० दिन हिँडेर आएको र यता आएर झनै बिचल्लीमा पर्दा आत्महत्या गर्छु समेत भनिरहेको उनले बताए । उनीहरुले आफूलाई चाँडो स्वदेश फर्काउन माग गरेका छन् । झुलाघाटमा गर्मी पनि अत्याधिक भएकाले आफूहरुलाई बस्न निकै असहज भएको पुर्चौंडी नगरपालिका ३ का प्रेमसिंह धामीले बताए ।

झुलाघा’ट पुगेर ५ दिनदेखि भोकै बसिरहेको बाजुराका देव सार्कीले बताए। बजरमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेहरुले लखेटन्े गरेको उनले बताए। उनले भने, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लट्ठी, हसिया लिएर लखेट्न आउँछन्।’ केहि ब्यक्ति आढारबाट समेत लखेटिएको उनले बताए । आजको राजधानी दैनिकमा सीपी लोहियाले लेख्नु भएको छ ।

झुलाघाटमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि पहल भइरहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । बिहीबार सम्म झुलाघाट नाकाबाट नेपाली हरुलाई स्वदेश ल्याउने तयारी भइरहेको उनले बताए । यस अघि जेठ ९ गते पनि झुलाघाट नाकाबाट ३७८ जना नेपालीको उद्धार गरिएको थियो ।नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय