बैतडी । सिमानाका भारतको झुला घाटमा करिब ३सय नेपालिहरु अलपत्र परेका छन् । बिगत ५ दिनदेखि उनीहरु भोक भोकै छन् । भारतका विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किन भनी आएकोमा सिमानाका बन्द हुँदा ओढारमा दिनरात कटाइ रहेका छन् । कसैकसैलाई भारतीय गाडीहरुले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् ।
उनीहरु झुलाघाटमा पुग्ने बित्तिक्कै प्रहरीबाट लखेटिए, भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् । बैतडीको दोगडाकेदार ४ का किसोर भण्डारीले भने, ‘हामीले खाना नखाएको ५ दिन भएको छ । ३ दिनसम्म झोलामा बोकेर ल्याएका बिस्कुटहरु खायौँ, अहिले बिस्कुट पनि सकियो । बजारमा १ जना पठाएर बिस्कुट किन्न खोजे व्यापारीहरुले हामीबाट पैसा लिन मान्दैनन् ।’

आफुहरु मध्ये धेरै व्यक्तिहरु १५–२० दिन हिँडेर आएको र यता आएर झनै बिचल्लीमा पर्दा आत्महत्या गर्छु समेत भनिरहेको उनले बताए । उनीहरुले आफूलाई चाँडो स्वदेश फर्काउन माग गरेका छन् । झुलाघाटमा गर्मी पनि अत्याधिक भएकाले आफूहरुलाई बस्न निकै असहज भएको पुर्चौंडी नगरपालिका ३ का प्रेमसिंह धामीले बताए ।

झुलाघा’ट पुगेर ५ दिनदेखि भोकै बसिरहेको बाजुराका देव सार्कीले बताए। बजरमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेहरुले लखेटन्े गरेको उनले बताए। उनले भने, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लट्ठी, हसिया लिएर लखेट्न आउँछन्।’ केहि ब्यक्ति आढारबाट समेत लखेटिएको उनले बताए । आजको राजधानी दैनिकमा सीपी लोहियाले लेख्नु भएको छ ।

झुलाघाटमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि पहल भइरहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । बिहीबार सम्म झुलाघाट नाकाबाट नेपाली हरुलाई स्वदेश ल्याउने तयारी भइरहेको उनले बताए । यस अघि जेठ ९ गते पनि झुलाघाट नाकाबाट ३७८ जना नेपालीको उद्धार गरिएको थियो ।नया पेज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah