क्वलालम्पुर । मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ८१ पुगेको छ ।मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार मलेसियामा हालसम्म ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमितमध्ये २२ जना उपचारपछि निको भएका छन् ।मलेसियामा सबैभन्दा बढी सुरक्षा गार्डहरुमा संक्रमण पुष्टि भएको छ ।
मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ हजार ६ सय २९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ सय १५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ६ हजार १ सय ६९ जना उपचारपछि निको भएका छन् । मलेसियामा अहिले जम्मा १ हजार ३ सय ४५ वटा मात्रै ‘एक्टिभ केस’ रहेका छन् ।










