अर्थ/बजार

सरकारले सबै सरकारी कर्मचारीको कोरोना बीमा गरिदिने


    सवाल नेपाल   २०७७ जेष्ठ १५, १९:०१

काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए ।

सामान्यतयाः युद्ध र महामारीको बीमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बीमा समितिले नयाँ अभ्यास गर्दै नयाँ नीति जारी गरेको थियो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ ।

परिवारकै बीमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नु पर्नेछ ।

बीमाको अवधि एक वर्ष हुनेछ । बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजेटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी हुनेछ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु