
जोन होप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी करिब ६० लाख व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित भइसकेका छन् जसमध्ये तनी लाख ५९ हजारको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ ।
– विश्व स्वास्थ्य संगठनका अधिकारी डाक्टर डेबिड नबारोले कोरोनाभाइरसको अर्को एउटा झट्का लागि तयार रहनुपर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘जतिजति लकडाउन खुकुलो हुँदै जान्छ, कोरोना संक्रमणको आँकडामा अत्यधिक वृद्धि हुनसक्छ, यसका लागि हामी तयार हुनुपर्छ । ब्राजिललाई ल्याटिन अमेरिकामा कोरोनाभाइरस संक्रमणको सबैभन्दा ठूलो केन्द्र बताइएको छ । यहाँ पछिल्लो २४ घण्टामा कोभिड–१९ का २६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।
– क्रोएशिया सरकारले १० युरोपेली देशका लागि आफ्नो सीमा खोल्ने निर्णय गरेको छ । सरकारले यो निर्णय आफ्नो देशको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि गरेको हो । अब अस्ट्रिया, जर्मनी, चेक रिपब्लिकसमेत १० देशका मानिसहरु क्रोएशिया जान सक्छन् ।
– अमेरिकामा हालसम्म चार करोड जनताले बेरोजगारले पाउने भत्ताका लागि आवेदन दिएका छन् जसमध्ये २० लाखले पछिल्लो दुई हपतामा आवेदन दिएका छन् ।स्रोतः बीबीसी



