३१ वैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अधिकांश स्थानमा जारी छ ।

केही गाउँपालिकाका मतपरिणाम सार्वजनिक भएका छन् । धेरैजसो स्थानमा एमालेले अग्रता कायमै राखेको छ । एमालेलाई काँग्रेसले पछ्याइरहेको छ । तेश्रोमा माओवादी केन्द्र छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो मतगणना परिणाममा भने माओवादी अगाडि आएको छ । हालसम्म परिणाम घोषित भएका गाउँपालिकामा माओवादीले ६ स्थानमा जित हात पारेको छ । यस्तै एमालेले ६ र काँगेसले ५ गाउँपालिका जितेका छन् ।

एमालेले जितेका गाउँपालिका

१. लोकेन्द्रबहादुर घले अध्यक्ष – चामे गाउँपालिका, मनाङ

२. आशबहादुर थकाली अध्यक्ष- घरपझोङ गाउँपालिका, मुस्ताङ

३. तुसीतुण्डुप गुरुङ अध्यक्ष- शे फोक्सुण्डो गाउँपालिका, डोल्पा

४. घनश्योम सुवेदी अध्यक्ष – फेदीखोला गाउँपालिका, स्याङ्जा

५. अंगद राना अध्यक्ष – काइके गाउँपालिका, डोल्पा

६. कान्छा घले अध्यक्ष नेस्याङ गाउँपालिका, मनाङ

कांग्रेसले जितेका गाउँपालिका

१.जोकलाल बुढा अध्यक्ष – तमानखोला गाउँपालिका, बाग्लुङ

२. चन्द्र घले अध्यक्ष – नाशोङ गाउँपालिका, मनाङ

३. मिङ्मा छिरिङ लामा अध्यक्ष (नारफू गाउँपालिका, मनाङ

४. सुवर्णकुमार विष्ट अध्यक्ष (लोमन्थाङ गाउँपालिका, मुस्ताङ

५. हरिचन्द्र बस्नेत कुसे गाउँपालिका, जाजरकोट

माओवादी केन्द्रले जितेका गाउँपालिका

१. बागदल छत्याल अध्यक्ष– ताँजाकोट गाउँपालिका, हुम्ला

२. रजबहादुर शाही अध्यक्ष- हिमा गाउँपालिका, जुम्ला

३. डम्बर शाही अध्यक्ष – सान्नी त्रिवेणी गाउँपालिका, कालीकोट

४. दत्तबहादुर शाही अध्यक्ष – मुड्केचुला गाउँपालिका, डोल्पा

५. नरसिंह रोकाया अध्यक्ष – जगदुल्ला गाउँपालिका, डोल्पा

६. हरिबहादुर भण्डारी अध्यक्ष- गुठीचौर गाउँपालिका, जुम्ला

७. लालबहादुर थापा अध्यक्ष – शिवालय गाउँपालिका, जाजरकोट