संयुक्त अरब इमिरेट्स (यूएई) मा ८ हजार वर्ष पुरानो मोती भेटिएको छ । पुरातत्वविदहरुले यसलाई संसारकै सबैभन्दा पुरानो दावी गरेका छन् ।

यो मोतीलाई प्रदर्शनका लागि समेत राखिने भएको छ । अबुधाबीस्थित संग्रहालयमा प्रदर्शन गरिने पनि बताइएको छ । अधिकारीहरुका अनुसार उक्त मोती मारवाह द्वीपमा भेटिएको हो । तर यसको मुल्य तोकिएको छैन ।

विशेषज्ञका अनुसार मोतीको कारोबार मेसोपोटामियासँग हुन्छ । यसलाई सेरामिक र अन्य सामानसँग ‘एक्सेन्ज’ गरिन्छ । संस्कृति विभागका अनुसार १६औं शताब्दिमा अबुधाबीका नदी किनारमा मोती भेटिन्थे ।

प्रतिक्रिया

सम्बन्धित खवर