स्वच्छतामा ध्यान

-खाना बनाउनुअघि र बनाउँदै गरेका वेला अनिवार्य हात धुनुहोस् ।

-खाना बनाउन प्रयोग गरिने भाँडाकुँडा र चुलो आदि राम्ररी सफा गर्नुहोस् ।

-भान्साकोठालाई झिँगा, मच्छरजस्ता किराबाट मुक्त राख्नुहोस् ।

काँचा खानेकुरालाई अलग्गै राख्नुहोस्

-अण्डा, काँचो मासुजस्ता नपकाइएका खाद्य वस्तुलाई अलग राखौँ ।

-पकाएका र काँचा खानेकुरालाई अलग–अलग राखौं ।

खानेकुरा राम्रोसँग पकाउने गरौँ

-माछामासु, अन्डालाई राम्रोसँग पकाएर मात्र खाने गरौँ ।

-मासुको झोल बनाउँदा गुलाबी रङ हट्ने गरी राम्रोसँग उमालौँ ।

-पकाएर राखेका खानेकुरा पुनः खानुअघि राम्रोसँग तताऊँ ।

खानेकुरालाई सुरक्षित राखौँ

-पकाएका खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घन्टाभन्दा बढी नराखौँ ।

-चाँडै बिग्रिने खानेकुरा पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रमको फ्रिजमा राखौँ । त्यस्ता खानेकुरा खानुअघि राम्ररी तताउनुहोस् ।

सफा पानी र स्वच्छ भोजन सामग्री

-सधैँ स्वच्छ पानी पिउनुहोस् । पानीलाई पिउनयोग्य बनाउने विधि प्रयोग गरौँ ।

-ताजा र पौष्टिक खाद्य सामग्री मात्र खाने गरौँ । फलफूल खानुअघि राम्ररी धुनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय