बहराइन / बहराइनमा एक कोरोना संक्रमित नेपालीले आ*त्मह*त्या गरेका छन्। ताप्लेजुङका ३८ वर्षीय पुरुषले क्वारेन्टाइनको बाथरुमको झुन्डिएर आ*त्मह*त्या गरेको बहराइनस्थित नेपाली दूतावसले जनाएको छ ।
उनी एक्सिलेन्सी इन्डस्ट्रियल एन्ड मेन्टिनेन्स कम्पनीमा काम गर्थे भने घटनाको पूर्ण विवरण आउन बाँकी रहेको दूताबासले जनाएको छ । बहराइनमा अहिलेसम्म ३ सय ३१ नेपालीलाई कोरोना संक्रमण पुष्टि भएपनि अहिलेसम्म धेरैजसो सङ्क्रमित निको भएर काममा फर्किसकेको दूताबासले जनाएको छ ।










