सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मतपेटिका राखेको कोठाको चाबी गायव भएको छ । मतपेटिका जिल्ला अदालतको कोठमा राखिएको थियो ।
नगरपालिकाको १,२,३ र ४ नम्बर वडाको मत गनिसकेपछि ५,६,७ र ८को मत गन्नका लागि मतपेटिका निकाल्न खोज्दा चाबी नभेटिएको बताइएको छ ।



