काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा सोमबार बिहानैदेखि पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भू–भागमा वर्षा भएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यस्तै नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेकाले मौसम बदली भएको हो ।

सोमबार दिउँसो पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिमी पहाडीमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली हुनेछ । पूर्वी भू–भागसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिम पहाडमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू–भागहरु लगायत मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah