लकडाउनका कारण शैक्षिक गतिविधि ठप्प भएको साढे २ महिनापछि सरकारले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीको पठनपाठन सुचारु गराउन निर्देशिका ल्याएको छ। वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ नाम दिइएको उक्त निर्देशिकाअनुसार असार १ गतेबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ। यो खबर हामीले नेपाल समय बाट साभार गरेका हौ

कोरोना महामारी अन्त्य भएर विद्यालय खुली नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ। विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय नभएको मन्त्रालयले प्रष्ट पारेको छ।

‘विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको व्यहोरा अनुरोध गर्दै कोरोना महामारीको अवस्था र परिस्थिति हेरी सरकार, मन्त्रिपरिषदबाट प्राप्त हुने निर्देशनअनुसार पछि जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ। १२ पृष्ठ लामो निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ। इन्टरनेट, रेडियो, टिभी, अनलाइन, अफलाइनबाट पठनपाठन गर्न सकिन्छ।

मन्त्रालयले जारी गरेको निर्देशिका सामुदायिक, संस्थागत, सार्वजनिक, निजी शैक्षिक गुठीद्वारा सञ्चालन गरिएका विद्यालयले पालना गर्नुपर्नेछ। निर्देशिकामा तीनै तहका सरकार, सञ्चार माध्यम, विद्यार्थी, शिक्षकलगायतका भूमिका उल्लेख गरिएको छ। यस्तो छ निर्देशिका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah