पानी मानिसको जीवनको आधारभूत आवश्यकता हो। पानीले पोषक तत्व र खनिजलाई शरीरको विभिन्न ठाउँमा लिएर जान्छ र विषाक्त पदार्थ र विकारहरुलाई बाहिर निकाल्छ। यो भन्दा बाहेक पानीले शरीरको तापक्रमलाई नियन्त्रित राख्न मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता र पानीको सम्बन्ध
सामान्यतया यदि मानिस बिरामी हुन्छ अथवा मानिसलाई ज्वरो आउँछ, त्यतिबेला मानिसलाई प्रशस्त पानी पिउने सल्लाह दिइन्छ। पानीले शरीरमा भएका ति विषाक्त पदार्थ र व्याक्टेरियालाई प्राकृतिक रुपमा नै बाहिर निकालिदिन्छ, जसले शरीरमा रोग पैदा गरिरहेका छन्।

पानीले शरीरमा अक्सिजन रहिरहन मद्दत गर्छ । शरीरका विभिन्न कोषमा अक्सिजन पुर्‍याउन मद्दत गर्छ। यसले शरीरलाई सुचारु रुपले सञ्चालन गर्न मद्दत गर्छ। शरीरलाई स्वास्थ्य र तन्दुरुस्त राख्न दिनमा कम्तीमा दुई लिटर पानी अनिवार्य रुपमा पिउनलाई सुझाव दिने गरिन्छ।

जब तपाई बिरामी हुनुहुन्छ, तब शरीरमा पानीको मात्रा बढाउँदै लैजानुपर्छ। पिउँदा खाली पानी पिउनु उपयुक्त हुन्छ। यदि दिनमा ८ गिलास खाली पानी खान समस्या हुन्छ भने कागती वा पुदिना पानी खान सकिन्छ। यी सबै स्वास्थ्यका लागि फाइदाजनक छन्। यो शरीरको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित छ।

पुदिना मूल्यवान जडिबुटी हो, यसलाई आयुर्वेदिक चिकित्सामा खास रुपमा हेरिन्छ। पुदिना एन्टि–इनफ्लामेटरी र एन्टि अक्सिडेन्ट गुणले भरिपूर्ण हुन्छ। यसले शरीरलाई विषाणुमुक्त बनाउन मद्दत गर्छ। यस्तै पुदिना छालाको लागि पनि राम्रो मानिन्छ।

यस्तै कागतीले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ। कागतीमा धेरै मात्रामा भिटामिन ‘सि’ र पोटासियम हुन्छ। यसले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यदि हामीले मनतातो कागती पानीको एक कपले दिन शुरुवात गर्‍यौँ भने स्वास्थ्यको लागि सुन्दर हुन सक्छ।

कोरोना भाइरस संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। विश्वमा महामारीको रुपमा फैलिएको यो संक्रमणबाट जोगिन आफ्नो शरीरको विशेषा ख्याल राख्नु नै उचित हुन्छ। सामाजिक दूरी कायम राख्ने, सकेसम्म घरमै बस्ने, स्वथ्यकर बानी अपनाउनु नै महत्वपूर्ण हुन्छ। यो रोगबाट जोगिने सबैभन्दा उपयुक्त तरिका भनेको प्राणघातक भाइरसबाट संक्रमित नहुनु हो। यस्तै हामीले राम्रो र पोषयुक्त खाना खानुपर्छ। स्वस्थ्य रहेर नै कोरोना संक्रमणबाट जोगिन सकिन्छ। (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah