काठमाडौँ । आज जेष्ठ २० गते, ३ जुन (बुधबार) यूरोपिनय यूरो, यूके पाउण्ड र मलेसियन रिंगिटको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशमा मुद्राको भाउ भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २९ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ८९ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ २७ पैसा तथा बिक्रिदर १ सय ३४ रुपैयाँ ९४ पैसा रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ७३ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ४८ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २० रहेको छ।युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ९१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ४३ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ ५६ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ १५ पैसा रहेको छ।