काठमाडौं, १६ असोज । सरकारले स्थानीय तह पुनर्संरचना आयोगलाई नयाँ टीओआर दिएपछि कसरी काम गर्ने भन्ने विषयमा आयोगनै अन्योलमा परेको छ ।

सरकारले जिल्लाको इलाकालाई मुख्य आधार मानी स्थानीय तह निर्माण गर्नुपर्ने उल्लेख गरी आयोगलाई नयाँ टीओआर दिएपछि आयोग अन्योलमा पर्न गई काम नै ठप्प बनेको हो ।

आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेलले अब सरकारसँग बसेर स्पष्ट भएपछि मात्रै काम अगाडि बढाइने बताएका छन् ।

‘अहिले नयाँ विषय आएको छ, इलाकालाई आधार मान्ने भनिएको छ तर इलाकाको तथ्यांकनै अभाव रहेछ’ पौडेलले भने, ‘अब एकचोटी सरकारसँग बसेपछि मात्रै हामी प्रष्ट धारणा बनाएर अघि बढ्छौं ।’

सरकारले गत ११ असोजमा इलाकालाई मुख्य आधार बनाएर गाउँपािलका, नगरपालिका विशेष संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमा निर्धारण गर्नुपर्ने गरुी आयोगको टीओआर परिमार्जन गरेको थियो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर