स्याङ्जा, फेदिखोला गाउँपालिकाको अध्यक्षमा युवा नेता नेकपा एमालेका उमेद्वार घनश्याम सुवेदी अत्याधिक मत ल्याएर विजयी हुनुभएकोछ ।

कुल खसेको मतमा वीजयी सुवेदीले ३८०६ मत प्राप्त गर्नु भएकोछ  भने उहाका प्रतिद्वन्दी नेपाली कांग्रेसका उमेद्वार तारापति सुवेदीले १७६० मत प्राप्त गर्नु भएकोछ । फेदिखोला गाउँपालिकामा पाचँ वटा वडा मध्येमा वडा न ३ मा नेपाली कांग्रेसले जितेको छ भने अरु चार वटा वडा एमालले अत्याधीक मत सहित जितन सफल भएकोछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फेदिखोला गाउँपालिकाको स्थापनाको लागि संघर्ष समितिको संयोजकमा रहेर आन्दोलनको सफल नेतृत्व प्रदान गरी गाउँपालिकाको स्थापना गराउन सफल भएका युवा नेता पुन  यस्पालि स्थानीय निर्वाचनमा अत्याधिक मत सहित आफ्नो प्यानललाई विजयी गराहर अहिले चर्चित हुनु भएकोछ ।

२०४१ साल मंसिर १० गते जन्मीएका सुवेदि विद्यार्थी काल देखि नै राजनीतिमा प्रवेश गर्नु भएकोहो ।

२०५३ साल देखी अनेरास्ववीयु प्रारम्भीकि कमिटी सचिवको जिम्मेवारीबाट राजनीतिमा प्रवेश गर्नुभएका सुवेदी क्षेत्रीय, जिल्ला कमिटी सदस्य जिल्ला कमिटी सचिव, अञ्चल कमिटी हुदै केन्द्रिय सदस्य सहितको जिम्मेवारी समालिसक्नु भएका सुवेदी पछिल्लो अवधीमा फेदिखोला गाउँ कमिटीको अध्यक्षको जिम्मेवारी समाल्नु भएको थीयो ।

सहिद पुत्र समेत रहनु भएका सुवेदीका पिता नारायण सुवेदीको माओवादी द्वन्द कालमा सहिद हुनुभएको थियो । फेदिखोला गाउँपालिकामा २७ पद मध्ये २६ पदमा एमालेले अध्यक्ष उपाध्यक्षमा देवी थापा क्षेत्री सहित जितन सफल भएकोछ ।

विजयी सुवेदिले रातो सुर्य डट कम संग सम्क्षिप्त प्रतिकृया दिदै  ग्रेटर पोखरा महानगर पालिका संग फेदिखोला गाउँपालिका लाई जोड्ने योजना सुनाउनु भयो ।

यसै गरि वालिङ नगरपालिका वाडा न चारमा एमाले वडा अध्यक्ष उमेद्वार रन्ध्वज गुरुङ सहित सिंगो प्यानल निर्वाचीत हुनुभएकोछ । यसै गरि पुतलीबजार नगरपालिका वडा न १मा निर्मल श्रेष्ठ, अध्यक्षसहित महिला सदस्य नीर्वचित हुनुुभएकोछ भने वडा न २मा तीलकराम श्रेष्टको प्यानल विजयी भएकोछ ।