काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहायता मापदण्ड तयार गरी ५ लाख भन्दा कम रकम बराबरको सहायता सामग्री नलिने भएको छ । कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न दात्री निकाय/सहयोगी निकायहरुले प्रदान गर्ने सहायता सामग्री समबन्धी न्युनत्तम मापदण्ड, २०७७ जारी गरी यस्तो निर्णय गरेको हो।

नयाँ मापदण्ड अनुसार सहायता सामग्री प्रदान गर्ने निकायले जुन प्रयोजनको लागि सहायता गर्नेहो त्यसको पूर्ण सेट नै उपलब्ध गराउनुपर्ने छ । त्यसैगरी सहायता सामग्री मापदण्डमा सहायता सामग्रीको गुणस्तर नेपाल सरकारको गुणस्तर नियामक निकाय (गुणस्तर तथा नापतौल विभाग या औषधि व्यवस्था विभाग)बाट गुणस्तर प्रमाणित भएको हुनुपर्ने छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालभित्रको गुणस्तर निकायले गुणस्तर प्रमाणित गर्न नसक्ने अवस्थामा उत्पादक देशको गुणस्तर प्रमाणित गर्ने निकायले गरेको हुनुपर्छ ।

दाताले दिएको सामग्रीको वारेन्टी अवधिभरको रिपियर र मेन्टेनेन्स तथा सञ्चालन गर्न सामग्री लिने संस्थाको कर्मचारीलाई अभिमुखीकरण प्रदान गर्ने प्रतिवद्धता नै गर्नुपर्ने उल्लेख छ । साथै नेपालभित्र मर्मत सम्भार गर्न नसकिने सामग्री भएमा सामग्रीको वारेन्टी अवधिभित्रको मर्मत सम्भार कार्य सहयोगी निकायले नै गराउनुपर्ने उल्लेख छ ।