स्थानीय तहको पहिलो चरणमा भएको मत गणना अनुसार नेकपा एमाले ५ नगरपालिका र २२ गाउँ पालिका गरी २७ स्थानमा विजयी भएको छ । सत्तारुरढ नेपाली कांग्रेस २ नगरपालिका र १८ गाउँ पालिका गरी २० स्थानमा विजयी भएको छ । यस्तै अर्काे सत्तारुढ दल माओवादीले १ नगरपालिका र १२ गाउँ पालिका गरी १३ स्थानमा विजय हात पारेको छ ।
पछिल्लो मत गणनामा चारवटा महानगर मध्ये काठमाडौं, भरतपुर र पोखरामा एमाले उम्मेदवारले अग्रता हासिल गरिरहेका छन् भने सत्तारुढ नेपाली कांग्रेसले ललितपुर महानरपालिकामा अग्रता देखाएको छ । मत गणना भइरहेका अन्य स्थानीय तहमा एमाले नै अग्रस्थानमा देखिएको छ ।



