युएईबाट काठमाडौंको लागि आगामी जुन १६ र १८ अर्थात् असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत स्वदेश फिर्तीका लागि तय भएको दुई उडान तालिका स्थगित भएको सूचना यहाँस्थित नेपाली दूतावासले निकालेकाे छ।

दूतावासले निकालेको सूचनामा प्राविधिक कारणले नेपाल एयरलाइन्सको चार्टर उडान हाललाई स्थगित गरिएको जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यता दूतावासले उडान रद्ध भनेर उसकै आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेको सो सूचना केही मिनेटमै डिलेट गरेकाे छ। सूचना एकाएक डिलेट गरिएपनि डिलेट गर्नुकाे कारणबारे पनि केही खुलाइएकाे छैन । यो विषयमा दूतावास आबुधावीबाट जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

यस्तै बहराइनमा आगामी असार ७ गते मात्रै पहिलो उडान हुने जनाइएको छ । नेपाली दूतावास बहराइनले असार ३ गते हुने भनिएको उडान प्राविधिक कारणले असार ७ मा हुने जनाएको हो।

साउदीको दमामबाट हुने पहिलो उडान पनि रद्द भएको छ।असार १ गते स्वदेश फिर्तीका लागि तय भएको चार्टर्ड उडान रद्द भएको रियाद स्थित नेपाली दूतावासले जनाएको हो।