नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका छन् । उनले १०,१९६ मत ल्याए । रानाका निकटतम् प्रतिद्वन्द्वी एमालेका भिमलाल अधिकारीले १०,०६५ मत पाएका छन् । रानाले ९ सय ६१ मतान्तरमा मेयरको दावेदारीमा बाजी मारे । उपमेयरमा पनि कांग्रेसकै ओमकुमारी महतोले जति हात पारिन् । उनले १०,८३५ मत ल्याउँदा एमालेकी जोगमाया महतोले १०,०३३ मत पाइन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा निर्वाचित भएका छन् । उनले ३८४२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माअोवादीका रञ्जित रानाले ३६९८ मत पाएका छन् । रप्रपाका शिवलाल थापाले ९१७ मत मात्रै ल्याए । अध्यक्ष विजयी भएका लामा युवा संघ नेपालका केन्द्रीय कोषध्यक्ष पनि हुन् । भमिफेदी गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी पार्वति राना विजयी भएकी छिन् । उनले ३८०२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार मोमलाल दोङले ३४३५ मत ल्याएको निर्वाचन अधिकृत हरिप्रसाद भट्टले अनलाइनखबरलाई जानकारी दिए । राप्रपाकी सानुमाया ब्लोनले ८४३ मत ल्याइन् ।
बाग्लुङको बाडीगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालका उम्मेदवारले जितेका छन् । उपाध्यक्षमा भने कांग्रेस विजयी भएको छ । अध्यक्षमा एमालेका मेहरसिंह पाइजा र उपाध्यक्षमा कांग्रेसका अम्बरबहादुर श्रीष विजयी भएका बडिगाडका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिए । पाइजाले ४९२१ र श्रीषले ४२९१ मत पाएका छन् । पाइजाका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गण्डकी थापाले ४३२९ मत पाइन् भने उपप्रमुखमा माओवादीका राजीव घिमिरेले २०५९ मत ल्याए । नगरपालिका प्रमुखमा पराजित राष्ट्रिय जनमोर्चाका भीमसेन वनले १२५८ र उपमेयरमा पराजित रुनमाया थापाले १२९१ मत ल्याइन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ विजयी भएका हु्न् । बस्नेतले ४ हजार ६९८ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शशी शर्मा अर्यालको मत ४ हजार २६८ मत छ । त्यस्तै उपप्रमुखमा विजयी कांग्रेसकी बसन्ती तामाङले ४ हजार ७४९ मत छ । उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा महर्जनले ४ हजार ३३० मत पाएकी छन् ।



