प्रधानमन्त्री पुत्री रेणु दाहालको उम्मेदवारीका कारण चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

एमाले उम्मेदवार देवी ज्ञवाली ६ हजार ५ सय ५४ मतका साथ अगाडि छन् । उनलाई माओवादी केन्द्रकी रेणु दाहालले पछ्याइरहेकी छन् । रेणुको  ४ हजार ९ सय २० मत छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै उपप्रमुखमा पनि एमाले अगाडि छ  । एमाले उपप्रमखुकी उम्मेदवार दिव्या आचार्यको ५ हजार ७ सय ७९ र काङ्ग्रेसी पार्वती शाहको ५ हजार ५ सय २८ मत छ ।